+
+

मालबाहक गाडीले राती मात्र हेटौंडा बजार छिर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २ गते २०:०६

२ साउन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाले मालबाहक गाडीलाई राति मात्र बजार क्षेत्रमा प्रवेश दिने भएको छ ।

उपमहानगरपालिकामा बसेको बैठकले बजार क्षेत्रमा रहेका व्यवसायीले सामान ओसार पसारमा गरेको मनलाग्दीले ट्राफिक व्यवस्थापनमा समस्या भएको भन्दै मालबाहक गाडीलाई बजार छिर्न दिने समय निर्धारण गरेको हो । जसअनुसार अब मालबाहक गाडीले गर्मी समयमा बेलुकी ८ बजेपछि र जाडो समयमा बेलुकी ७ बजेपछि मात्र बजार प्रवेश पाउने छन् ।

बजारको मुख्य क्षेत्र बाइपास सडकदेखि उत्तर त्रिभुवन राजपथको चौकिटोल ओरालो, मनकाममना चोक हुँदै कान्तिराजपथको सानोपोखरा चौकबाट भैरव रोड, शितलहर चोकबाट बाइपास क्षेत्र भित्र ठुला सवारी प्रवेशमा रोक लगाउने निर्णय भएको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मिनाकुमारी लामाले बताइन् । पूर्वपश्चिम राजमार्गमा भने मालबाहक गाडी जतिखेर पनि गुड्न पाउने छन् ।

बैठकले हेटौंडा बजारमा देखिएको ट्राफिक समस्या न्यूनिकरणका लागि तीन पांग्रे साना सवारी व्यवस्थापनको लागि हेटौंडा उपमहानगरपालिका–१ का वडाअध्यक्ष सबिन न्यौपानेको अध्यक्षतामा र बजार क्षेत्रमा देखिएको पार्किङ व्यवस्थापन मिलाउनका लागि हेटौंडा–२ का अध्यक्ष बिष्णुगोपाल महर्जनको अध्यक्षतामा समिति गठन गरेको छ ।

यातायात व्यववस्थापन कार्यालयका राजु अर्यालयका अनुसार हेटौंडा उपमहानगर क्षेत्रका लागि ५१० वटा सवारीलाई रुट परमिट दिए पनि अहिले बजारमा २३१ वटा इरिक्सा र १ हजार ६०० अटो वीरगञ्जबाट रुट परमिट लिएर हेटौंडामा सञ्चालनमा रहको तथ्याङ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?