+
+

टेस्टिक्युलर ट्युमर भेटिएपछि स्ट्राइकर हेलरले डर्टमन्डको प्रशिक्षण छोडे

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते ११:४६

३ साउन, काठमाडौं । जर्मन क्लब बोरुसिया डर्टमण्डका फरवार्ड सेबास्टियन हेलरले टेस्टिक्युलर (अण्डकोष) ट्युमर भेटिएपछि स्विट्जरल्याण्डमा रहेको क्लबको प्रशिक्षण क्याम्प छाडेका छन् ।

२८ वर्षीय हेलर केही समय अघि मात्रै डच क्लब बयाक्सबाट डर्टमण्डमा अनुबन्ध भएका थिए । तर प्रि सिजन टुरमा रहेका बेला उनलाई ट्युमर देखिएको छ ।

हेलरले सोमबारको प्रशिक्षणपछि आफूलाई अस्वस्थ महसुस भएको गुनासो राखेको र चिकित्सा परीक्षणपछि टेस्टिकुलर ट्युम पत्ता लागेको डर्टमण्डले जनाएको छ ।

क्लबले थप परीक्षण आगामी दिनमा हुने जनाएको छ । उनी यपचारका लागि जर्मनी फर्किसकेका छन् ।

‘सेबास्टियन हेलरको यो खबरले सबैलाई स्तब्ध बनाएको छ,’ डर्टमन्ड खेलकुद निर्देशक सेबास्टियन केहलले भने । ‘सम्पूर्ण क्लब परिवार सेबास्टियन जतिसक्दो चाँडो पूर्ण निको हुन्छ भन्ने आशा राख्छ र हामी उनलाई छिट्टै अँगालो हाल्न पाउँछौँ ।’

केहलले उनलाई सम्भव भएसम्म राम्रो उपचार गराउनका लागि सक्ने जति सबै काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?