+
+

सिभिल बैंक र विराट मेडिकल कलेज टिचिङ हस्पिटलबीच सम्झौता 

सिभिल बैंकका ग्राहकलाई १० प्रतिशत छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १२:४५

काठमाडौं । सिभिल बैंकका ग्राहकहरुले विराटनगरको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका तर्फबाट सिभिल बैंकका प्रदेश नम्बर १ का प्रमुख राजेश ढकाल तथा हस्पिटलका तर्फबाट अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले सम्झौतामा हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्राहकहरुले ओपीडी, बेड चार्ज तथा अपरेसनमा लाग्ने शुल्कमा १० प्रतिशत छुट पाउने व्यवस्था छ । यसका साथै आगामी दिनहरुमा अन्य संघ संस्थाहरुसँग पनि यस्ता सम्झौताहरु गर्दै जाने विराटनगर शाखाका प्रवन्धक प्रशान्त कार्कीले जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?