+
+

नीमा एकेडेमीद्वारा शिक्षकलाई डिजिटल शिक्षणसम्बन्धी तालिम

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३ गते १७:५२

काठमाडौं । नीमा एकेडेमीले चाँगुनारायण नगरपालिकाका शिक्षकहरुलाई लक्षित गरी डिजिटल शिक्षण अध्ययनसम्बन्धी तालिम सञ्चालन गरेको छ । चाँगुनारायण नगरपालिकासँगको सहकार्यमा एकेडेमीले तीन हप्ते तालिम सञ्चालन गरेको हो ।

नीमा एकेडेमी ई-लर्निङ प्लेटफर्मको डिजिटल माध्यमबाट के-कसरी पठनपाठन गर्न सकिन्छ भन्ने विषयमा शिक्षकहरुलाई जानकारी गराइएको एकेडेमीले जनाएको छ।  शिक्षण क्षेत्रलाई पनि परिवर्तनमूखी बनाउने उद्देश्यले यो तालिम अत्यावश्यक रहेको एकेडेमीले जनाएको छ ।

तालिममा पालिकाका आधारभूत र माध्यमिक विद्यालय गरी ३४ वटा विद्यालयसँग आबद्ध शिक्षकशिक्षिकाहरु सहभागी भएका थिए । तालिमको सहजीकरण सुजित गो. श्रेष्ठले गरेका थिए ।

दोस्रो चरणमा ३४ वटै विद्यालयका विद्यार्थीहरूलाई लक्षित गरी तालिम आयोजना गर्ने तयारी भइरहेको एकेडेमीको भनाइ छ ।  अवगत गराएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?