+
+

एमाले अध्यक्ष ओलीलाई चित्त बुझेन कार्यकर्ताको ताली !

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:२६

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय चुनाव राम्रो नभएको बताएका छन् । टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछौं भन्ने नाराको व्यापक उल्लंघन भएको उनले बताए ।

बुधबार काठमाडौंमा आयोजित पार्टीको बाग्मती प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रममा एमाले अध्यक्ष ओलीले टिकट पाए जित्छु, नपाए जसले पाउँछ, उसलाई जिताउँछु भन्ने नारा सही भएको बताए । उनले अघि भने, ‘व्यवहारमा चाहिँ उल्टो भयो, पाए जित्छु, नपाए हराउँछु भन्ने भयो ।’

कुनै उम्मेदवार हार्दा एमाले हार्ने भन्दै उनले व्यक्तिगत अहम् छाड्नुपर्ने बताए । उनले अघि भने, ‘सानातिना कुरामा अल्झिने होइन, हाम्रा महान अभिभारा पुरा गर्न एमाले एकढिक्का हुन्छ, एक ढिक्का हुनुपर्छ ।’

ओलीले यति भन्दा हलमा परर ताली बज्यो । तर ओली असन्तुष्ट देखिए । ओलीले भने, ताली थोरैले बजाउनुभयो ।’

ओलीले अघि भने, ‘(टेबुल ठोक्दै) नेकपा एमाले एकढिक्का भएर उभिन्छ, एकढिक्का भएर अगाडि बढ्छ, एकढिक्का भएर बाँधा व्यवधानसँग जुध्दै, तिनलाई पराजित गर्दै विजय हासिल गर्छ ।’

अघिल्लो पटकभन्दा अली ताली बज्यो । तर ओली अझै पनि सन्तुष्ट देखिएनन् । उनले प्रश्न गरे, ‘यसमा हामी सबै प्रतिवद्ध छौं नि होइन ?’ हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’

यसपटक अली जोडले ताली बज्यो । तर ओलीले भने, ‘अझै साथीहरु ताली बजाइराख्नु भाछैन । हामी इमान्दारिताका साथ लाग्छौं होइन ?’ त्यसपछि भने जोडले ताली बज्यो ।

ओलीले स्थानीय चुनावमा जस्तो कुनै हालतमा हुन नदिने आफूहरुको संकल्प भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?