+
+

अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन, बिजुलीका तारै पुर्‍याइन्छ : केपी ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ४ गते १३:२८

४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब ग्यासका पाइप चुलोमा लैजानुपर्ने आवश्यकता नपर्ने बताएका छन् । अब बिजुलीका तार नै भान्छामा पुग्ने उनको भनाइ छ ।

बागमती प्रदेशस्तरी भेला तथा प्रशिक्षण कार्यक्रमलाई आज काठमाडौंमा सम्बोधन गर्दै ओलीले भने, ‘अब ग्यासका पाइप चुलोमा लैजानुपर्दैन, आवश्यकता छैन ।’

उनले अगाडि भने, ‘चुलोमा ग्यास ल्याउन सकिन्छ ? नहुने कुरा भन्दै थिए, पानीका पाइपचाहिं लान सकिने, ग्याँसको पाइप लान नसकिने हुन्छ ? अब ग्यास चाहिंन्न अब त बिजुलीका तारै पुर्‍याइन्छ ।’

तर साना साना पाइप चुलोमा नभइ आफूहरूले पेट्रोलियम पाइपलाइन नै बनाएको ओलीले बताए । भारतबाट अमलेखगञ्जसम्म ठूला पाइप जोडेर पेट्रोलियम पदार्थ झारेको उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?