+
+

सुनकोसीले बगाउँदा दुई बालक बेपत्ता

रासस रासस
२०७९ साउन ४ गते २०:३८

४ साउन, बनेपा । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ का दुई बालक बुधबार सुनकोसी नदीले बगाएर बेपत्ता भएका छन् । तेमाल गाउँपालिकाको वडा नं २ स्थित लामबगरमा आज दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर उनीहरू बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक हरि खतिवडाका अनुसार बेपत्ता हुनेमा तेमाल गाउँपालिका–३ चौथली बस्ने सोम माझीको छोरा वर्ष ११ को समीर माझी र सोही ठाउँका कुलबहादुर माझीको छोरा वर्ष ८ को कान्छो माझी रहेका छन् ।

पौडी खेल्ने क्रममा बगाएर बेपत्ता भएको दुई बालकको खोजी कार्य जारी रहेकोमा अझैसम्म पनि फेला नपारेको प्रहरी नायब उपरीक्षक खतिवडाले बताए । बेपत्ता बालकको खोजीकार्यको लागि प्रहरी टोली खटाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?