+
+

कर्जा विस्तारलाई नियन्त्रण गरिने, १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १६:३२

६ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० मा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियन्त्रण गर्ने भएको छ । केन्द्रीय बैंकले  शुक्रबार आब २०७९/८० को मौदि्रक नीति सार्वजनिक गर्दै  निजी क्षेत्रतर्फको कर्जा विस्तार १२.६ प्रतिशतमा सीमित गर्ने लक्ष्य लिएको छ । गत आवमा १९ प्रतिशत कर्जा विस्तार लक्ष्य लिएको थियो ।

कर्जा विस्तार उच्च हुँदा बढेको आयातले व्यापार घाटासँगै  शोधनान्तर स्थिति र विदेशी विनिमय सञ्चितिमा दवाब बढ्दा राष्ट्र बैंकले कर्जा विस्तारलाई नियनत्रण गर्न खोजेको हो ।

बढ्दो मुद्रास्फीति नियन्त्रण गर्न पनि कर्जा विस्तार नियन्त्रित गर्दै विस्तृत मुद्राप्रदायको विस्तार पनि संकुचन गर्न नीति राष्ट्र बैंकले लिएको छ । गत आवमा विस्तृत मुद्राप्रदायको विस्तार १८ प्रतिशत हुने प्रक्षेपण गरेपनि एकल अंकमा नै रहने अवस्था रहेकोमा चालु आबमा १२  प्रतिशतको लक्ष्य लिएको छ ।

यस्तै वाहृय क्षेत्रलाई सन्तुलन कायम राख्दै आर्थिक वर्ष २०७९/८० मा कम्तिमा  महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त विदेशी विनिमय सञ्चिति कायम हुनेगरी मौदि्रक तथा वाहृय क्षेत्र व्यवस्थापन गर्ने राष्ट्र बैंकले जनाएको छ ।

मुद्रास्फीति बजेटले दिएको सुझावअनुसार ७  प्रतिशतमा सीमित गेर्न केन्द्रीय बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?