+
+

वृद्धाको चेक साटेर फरार युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ६ गते १७:३७

६ साउन, जनकपुरधाम । धनुषामा बृद्वाको चेकबाट रकम निकालेर फरार एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कमला नगरपालिका-२ माचीका सन्तोष कुमार ठाकुर रहेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।

२३ बर्षका ठाकुरले बिदेह नगरपालिकास्थित एनआईसी एसिया बैंकमा रकम निकाल्न आएकी विदेह नगरपालिका- १ कि ७३ बर्षकी कुम्हलियादेवी यादवलाई आफू बैंकको कर्मचारी रहेको र रकम निकाल्न सहयोग गरिदिने भन्दै उनको चेक लिएर २४ हजार रुपैयाँ निकालेर ५ साउनमा फरार भएका थिए ।

उनलाई ५ साउनकै राति पक्राउ गरिएको प्रहरीले जनाएको छ । कमला नगरपालिकाबाटै पक्राउ परेका ठाकुरको साथबाट २० हजार रुपैयाँ बरामद भएको छ ।

पक्राउ परेका ठाकुरलाई इलाका प्रहरी कार्यालय खजुरीमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?