+
+

क्लासिक टेकले थप्यो ३०० प्राविधिक कर्मचारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ८ गते १४:३४

काठमाडौं । क्लासिक टेकले देशैभर थप ३०० नयाँ  प्राविधिक कर्मचारी  नियुक्त गरेको छ । वर्षा मौसममा धेरै फाइबरसम्बन्धी समस्या आउने र बढ्दो ग्राहकको सुविधालाई ध्यानमा राखेर इस्टिमेट टाइम अफ रेस्पोन्स (ईटीआर) भित्र काम गर्न धेरै संख्यामा कर्मचारी नियुक्त गरेको कम्पनीले जनाएको छ ।

क्लासिक टेकको १०३ आउटलेटसँगै रहेका आफ्ना प्रयोगकर्ताका लागि सपोर्टको पहुँच बढाएको कम्पनीको भनाइ छ । क्लासिक टेकले आफ्नो आईपीटीभी अपडेट भर्सन १.१.२ पनि ल्याएको छ । कम्पनीका अनुसार १०० भन्दा बढी एचडी च्यानल र १०० एसडी च्यानलहरुमा पनि नयाँ फिचर ल्याएको छ । जसले टिभीमा हेर्दाको एक्सपेरियन्सलाई अझ राम्रो बनाउने र बफरिङ फ्रीको समाधान गर्नेछ ।

आगामी दिनमा आफ्नो नेटवर्क नेपालको दुर्गम क्षेत्रमा विस्तार गर्दै जाने र ग्राहकलाई राम्रो इन्टरनेट न्यूनतम मूल्यमा दिने योजना रहेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?