+
+

मन्दाकिनी हाइड्रोपावरको आईपीओ आजबाट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १०:५१

९ साउन, काठमाडौं । मन्दाकिनी हाइड्रोपावर लिमिटेडले ९ साउन सोमबारदेखि सर्वसाधारणको लागि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन -आईपीओ) विक्री खुला गरेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयलाई आईपीओ निष्कासन गरेर सर्वसाधारणको लागि निष्कासन खुला गरेको हो ।

प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा ११ करोड ७६ लाख ७ हजार ३०० रुपैयाँ बराबरको ११ लाख ७६ हजार ७३ कित्ता साधारण सेयर निष्कासन गरेको छ । निष्कासन गरेको कुल सेयरमध्ये ५ प्रतिशत अर्थात ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषको लागि र २ प्रतिशत अर्थात २३ हजार ५२१ कित्ता सेयर कर्मचारीहरुका लागि आरक्षित गरेको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी रहेको १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणबाट आवेदन माग गरेको छ ।

कम्पनीको आईपीओमा छिटोमा १२ साउनसम्म र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा भने आवेदन दिने अवधि २३ साउन गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

कम्पनीले आईपीओ निष्काशनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी प्लस (आईएस)’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँछ ।
आईपीओ निष्कासनको लागि कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा बीओके क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा ४ मेगावाट क्षमताको सार्दिखोला जलविद्युत् आयोजना निमार्ण गरी उत्पादन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?