+
+

एथलेटिक्स परिवारको नेतृत्वमा खत्रीकै निरन्तरता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ९ गते १७:३५

९ साउन, काठमाडौं । एथलेटिक्स परिवार नेपालले अध्यक्षमा राजन खत्रीलाई निरन्तरता दिँदै निर्विरोध कार्यसमिति चयन गरेको छ ।

सोमबार काठमाडौंमा सम्पन्न पहिलो साधारणसभाले खत्रीलाई अध्यक्षमा दोहोर्‍याउने निर्णय गरेको हो । कार्यसमितिका बाँकी सबै पदमा निर्विरोध चयन गरिएको हो ।

वरिष्ठ उपाध्यक्षमा दीपक कुमार रन्जित, उपाध्यक्षहरु आशाराम गोठे, रमेश शाक्य र अनिरुद्र कुमार चौधरी चयन भएका छन् ।

सचिवमा सुन्दरकेशर कार्की निर्विरोध चयन भएका छन् । सदस्यहरुमा सरस्वती खड्का, अभिनारायण अधिकारी, संसारलाल बैद्य, रामकृष्ण महर्जन, देवी बस्नेत र प्रकाश राणा निर्विरोध भएका छन् ।

सपना आचार्य महिला सदस्य बनेकी छन् । साधारणसभापछि बसेको कार्यसमितिको पहिलो बैठकले मन्जु श्रेष्ठलाई महासचिवमा मनोनित गरेको छ । महिला उपाध्यक्षमा राजकुमारी पाण्डे र कोषाध्यक्षमा शुष्मा पाण्डे मनोनित भएका छन् ।

दावा तामाङ, रमेश सुनार र सिद्धान्त अधिकारी, यासिरमाया चौधरी र सुनिताकुमारी योन्जन लामा सदस्यमा मनोनित भए । बैठकले रघुराज वन्त, खड्गबहादुर रानाभाट, धर्मेन्द्रराज शाक्य र शान्ति गुरुङलाई सल्लाहकारमा मनोनित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?