+
+

ओलम्पियाड खेल्ने नेपाली टिमको बिदाइ

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १० गते १५:२६

१० साउन, काठमाडौं । भारतको चेन्नाई शहरमा जुलाई २८ देखि अगष्ट ९ सम्म हुने ४४औं चेस ओलम्पियाड खेल्ने नेपाली टोलीलाई मंगलबार बिदाइ गरिएको छ ।

संस्कृति, पर्यटन तथा नागरीक उड्डयन मन्त्री तथा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठले टिमलाई बिदाइ गरेका हुन् । नेपाली टोली बुधबार भारत प्रस्थान गर्नेछ ।

प्रतियोगितामा नेपालको तर्फबाट पुरुषतर्फ राष्ट्रिय च्याम्पियन पुरुषोत्तम चौलागाईं, फिडे मास्टरद्वय रुपेश जयसवाल र क्षितिज भण्डारी, क्यान्डिडेट मास्टरद्वय विवेक थिङ र मिलन लामाले प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ राष्ट्रिय च्याम्पियन तथा महिला फिडेमास्टर सुजना लोहनी, कृतिसरा अधिकारी, अनिशा न्यौपाने, विनिता कपाली र शान्ती धिमालले नेपालको प्रतिनिधित्व गर्नेछन् ।

संघका उपाध्यक्ष तथा राष्ट्रिय इन्स्ट्रक्टर धनबहादुर बोगटीले पुरुष टिम तथा संघका सचिव पूर्व राष्ट्रिय च्याम्पियन भुपेन्द्र निरौलाले महिला टिमको कप्तानका रुपमा भारत भ्रमण गर्नेछन् । नेपाली टिमको टिम म्यानेजर संघका महासचिव धरमबहादुर लामा हुनेछन् ।

संघका सचिवद्वय उमेश केसी तथा मोनालिसा खम्बु ओलम्पियाडमा आर्विटरको रुपमा सहभागी हुनेछन् ।

ओलम्पियाडकै क्रममा अन्तर्राष्ट्रिय बुद्धिचाल महासंघको ९३औं कंग्रेस पनि हुँदैछ । कंग्रेसमा नेपालको तर्फबाट संघका नवनिर्वाचित अध्यक्ष बिदुरप्रसाद गौतमले प्रतिनिधित्व गर्नेछन् । कंग्रेसले फिडेको नयाँ कार्यसमिति निर्वाचित गर्नेछ ।

अध्यक्ष गौतमसहित वरिष्ठ उपाध्यक्ष राजेन्द्रप्रसाद रिजाल, उपाध्यक्ष नारायणदास गमाल, कोषाध्यक्ष ज्ञानेन्द्र महर्जनसमेतको टोली चेन्नाई जाँदैछ ।

नेपालले सन् २००४ देखि नियमित रुपमा ओलम्पियाडमा सहभागिता जनाउँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?