काठमाडौं । नेपालको अग्रणी अनलाइन बजार दराजले आफ्नो वार्षिक अभियान दराज महाबचत बजार अभियान सुरु गरेको छ ।
८ साउनदेखि सुरु भएको यो अभियानको मुख्य उदेश्य ग्राहकहरुलाई दराजमा किनमेल गर्दा थप बचत गर्ने अवसर प्रदान गर्नु रहेको छ । कम्पनीका अनुसार ग्राहकलाई ६० प्रतिशतसम्म छुट, अनलाइन प्रिपेमेन्टमा १५०० सम्मको छुट, ७ हजारसम्मको भाउचर, निःशुल्क सिपिंग र बम्पर उपहारमा टर्की उड्ने नि:शुल्क टिकट जित्ने मौका रहेको छ ।
अनलाइन प्रिपेमेन्ट छुटको सन्दर्भमा, दराजका ग्राहकहरूले डेबिट कार्डबाट प्रिपेमेन्ट गरेमा १० प्रतिशतसम्म र क्रेडिट कार्डबाट प्रिपेमेन्ट गरेमा १२ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड, सानिमा बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, बैंक अफ काठमाण्डू, नेपाल बैंक, मुक्तिनाथ विकास बैंक, ज्योति विकास बैंक र एनसीसी बैंकका कार्डवाहक ग्राहकहरूले छुटको लाभ लिन सक्नेछन् । यसबाहेक, आफ्नो ई-सेवा वालेट मार्फत भुक्तानी गर्ने ग्राहकहरूले सीमित अवधिको लागि १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।
दराज महाबचत बजारमा लोकप्रिय खेल एक रुपैयाँ खेल पनि रहेको छ जस मार्फत ग्राहकहरुले १ रुपैयाँमा न्यू क्लासिक हेल्मेट, हाइग्राउन्ड एडभेन्चर र प्रोआर्ट आर्टको सामग्री जित्ने मौका पाउने छन् । खेलमा सहभागी हुनका लागि ग्राहकहरूले अनलाइन प्रिपेमेन्ट मार्फत रु. १ प्रिपे गर्नुपर्छ । प्रस्ताव समाप्त भएपछि सबै सहभागीहरूलाई रकम फिर्ता गरिनेछ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डमा विशेष छुट
दराज महाबचत बजार अभियानमा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूमा विशेष डिल र छुटहरू रहनेछ । ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूबाट ६० प्रतिशतसम्म छुट पाउने छन् । अभियानका लागि डायमण्ड पार्टनर्स: एप्पल, फिलिप्स, अमायरा फेसन हाउस र निउ रहेका छन् । प्लेटिनम पार्टनर्समा एर्के, सिजी डिजिटल, कोंका, मसला बिड्स, लोत्टो र किउ एण्ड यु फर्निचर रहेका छ भने र अन्तमा, गोल्ड पार्टनरहरूमा काडेन्स नेपाल, जुआस, कन्भर्स, आङ्कर, रोहतो मेन्थोलाटम, बियर्डो, जीन्सवेस्ट र लियोन ब्यूटी रहेका छन्।
अभियानका अतिरिक्त हाइलाइटहरूमा एड टु कार्ट, हट सेवर्स, शेक शेक, फलो एण्ड विन, र दराज जेम्स समावेश छन्।
प्रतिक्रिया 4