+
+

खुद ब्याज आम्दानी बढ्दा ६२ प्रतिशतले बढ्यो स्ट्यान्डर्ड चार्टर्डको नाफा

आर्थिक वर्ष २०७८/७९ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ११ गते १३:०८

११ साउन, काठमाडौं । आर्थिक वर्ष २०७८/७९ मा स्ट्यान्डर्ड चार्टर्ड बैंकले २ अर्ब भन्दा माथि मुनाफा आर्जन गरेको छ । तरलता अभावमा बैंकले भएको निक्षेपलाई परिचालन गर्दा निक्षेपको तुलनमा उच्च कर्जा विस्तार साथै स्प्रेड रेटमा वृद्धि हुँदा बैंकको खुद ब्याज आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । साथै सम्भावित कर्जा जोखिम वापतको प्रोभिजन रकम पनि आर्थिक वर्ष २०७७/७८ को तुलनामा बैंकको नाफा ६२.२७ प्रतिशले बढेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार दुई अर्ब २६ करोड ९९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले एक अर्ब ३९करोड ८८ लाख नाफा कमाएको थियो ।

गत आवमा खुद ब्याज आम्दानी ४४.८६ प्रतिशतले बढाएर तीन अर्ब ७५ करोड ७४ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्षमा बैंकको खुद ब्याज आम्दानी दुई अर्ब ५९ करोड ३८ लाख रहेको थियो । गत आर्थिक वर्षमा बैंकको निक्षेपको तुलनमा कर्जा वृद्धि उच्च हुँदा ब्याज आमदानीको तुलनामा बढेन । यस्तै अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा ३.८८ प्रतिशत रहेको बैंकको स्प्रेड रेट बढेर आर्थिक वर्ष २०७८/७९ मा ४.२३ प्रतिशत पुगेको छ । जसले बैंकको खुद ब्याज बढेको छ ।
यस्तै अघिल्लो आर्थिक वर्षमा सम्भावित कर्जा नोक्सानी वापतको प्रोभिजन ४० करोड ८४ लाख गरेकोमा गत आवमा १३ करोड ४० लाख मात्रै जोखिम प्राभिजन गरेको छ । जसले गर्दा बैंकको कर्मचारी खर्च १ अर्ब ५ करोड २३ लाखबाट बढेर १ अर्ब २६ करोड ६२ लाखमा पुग्दा पनि बैंकको सञ्चालन मुनाफासँगै नाफा पनि बढेको छ ।

बैंकको सञ्चालन मुनाफा ६१.५४ प्रतिशतले वृद्धि भएर तीन अर्ब २५ करोड ११ लाख पुगेको छ । अघिल्लो आर्थिक वर्ष ०७७/७८ मा बैंकले दुई अर्ब १ करोड २६ लाख सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

नाफा बढेसँगै बैंकको प्रतिसेयर आम्दानी समान्य बढेको छ । अघिल्लो आवमा १६ रुपैयाँ ३२ पैसा रहेको बैंकको प्रतिसेयर आम्दानी गत आवमा २४ रुपैयाँ ०७ पैसा पुगेको छ । यस्तै बैंकको प्रतिसेयर नेटवर्थ भने १८९ रुपैयाँ २४ पैसाबाट बढेर १९२ रुपैयाँमा पुगेको छ ।

गत आवमा बैंकको निक्षेप ८७ अर्ब ५६ करोड ४२ लाखबाट ७.०३ प्रतिशतले वृद्धि भई ९३ अर्ब ७२ करोड १९ लाख रुपैयाँ पुगेको छ । सोही अवधिमा बैंकको कर्जा लगानी ६२ अर्ब ४० करोड ८७ बाट २६.८६ प्रतिशतले बढेर ७९ अर्ब १७ करोड ४० लाख रुपैयाँ पुगेको छ ।

यस्तै बैंकको आधार ब्याजदर (बेस रेट) ५.५१ प्रतिशतबाट बढेर ८.८१ प्रतिशत पुगेको छ ।
निष्क्रिय कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । यस्तै पूँजी कोष अनुपात १७.१७ प्रतिशतबाट घटेर १६ प्रतिशत कायम भएको छ । गत आर्थिक वर्षमा बैंकको सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा भने १ अर्ब ५९ करोड ३६ लाख रुपैयाँ रहेको छ । यस्तै सञ्चित कोषमा २ अर्ब ९१ करोड १२ लाख र जगेडा कोषमा ५ अर्ब ७६ करोड ३७ लाख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?