+
+

सुन-चाँदीको मूल्य बढ्यो ? कतिमा भइरहेको छ कारोबार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १२:३९

१२ साउन, काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य ३० रुपैयाँले वृद्धि भएको छ ।

बिहीबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार ८ सय रुपैयाँ तोकिएको छ भने तेजावी सुनको मूल्य ९४ हजार ३ सय रुपैयाँ छ । बुधबार छापावाल सुनको मूल्य तोलामा ९४ हजार र तेजावी सुनको मूल्य ९३ हजार ५ सय रुपैयाँ थियो ।

बिहीबार चाँदीको प्रतितोला मूल्य १ हजार १८५ रुपैयाँ कायम भएको छ । बुधबार चाँदीको मूल्य १ हजार १५५ रुपैयाँमा कारोबार भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?