+
+

लुक्लामा अफ सिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १२ गते १२:४५

१२ साउन, काठमाडौं । सोलुखुम्बुको लुक्ला विमानस्थलमा अफसिजनमा पनि नियमित उडान गर्न वायुसेवा कम्पनी सहमत भएका छन् । यो विमानस्थलमा पर्यटकीय सिजनमा वायुसेवा कम्पनीको चाप लाग्छ । अन्य सिजनमा जहाज नहुँदा समस्या हुने गरेको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका र वायुसेवा कम्पनीबीचको छलफलमा सीता र समिट एयरलाई गाउँपालिकाले अफसिजनमा पनि नियमित उडान गर्न अनुरोध गरेको छ ।

अहिले तारा एयरले भने काठमाडौंबाट लुक्लामा नियमित उडान गर्छ । छलफलका क्रममा समिट एयरले आगामी १ अगष्टदेखि नियमित उडान गर्ने घोषणा गरेको छ ।

सीता एयरले भने आफ्नो सञ्चालनमा रहेको एक मात्र जहाज पश्चिमबाट झिकाएर चाँडै नियमित उडान गर्ने प्रतिवद्धता व्यक्त गरेको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?