+
+

अदालतबाट न्याय सम्पादन होस्,कुनै खासखुस होइन : ओली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १४ गते १८:०८

१४ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालत सत्तारुढ गठबन्धनको प्रभावमा नपर्न चेतावनी दिएका छन् ।

शनिबार राष्ट्रिय युवा संघको कार्यक्रममा उनले कामु प्रधानन्यायाधीशसँग सत्तारुढ दलका नेताहरुको खासखुस बढेको टिप्पणी गरेका हुन् ।

‘एक जना नेता कुदेर कामु प्रधानन्यायाधीशकोमा गएर दुई घण्टा बसे र त्यहाँबाट बाहिर निस्किए, ती नेता घरतिर लागिन् । श्रीमानजी अदालततिर लागे, के भयो त्यहाँ ?’ उनले प्रश्न गरे ।

अदालतमा लेनदेन हुने गरेको भन्दै ओलीले यो घटनालाई आफूहरुले नजिकबाट हेरिरहेको टिप्पणी गरे । ‘हामी विनम्रताका साथ आग्रह गर्न चाहन्छौं, सम्मानित सर्वोच्च अदालतबाट न्याय सम्पादन हुनुपर्छ कुनै खुसामद होइन, कुनै खासखुस, कुनै लेनदेन हुने होइन, जसको चर्चा चल्ने गरेको छ ।’

सर्वोच्चका न्यायाधीशहरुले नै अदालत भ्रष्ट भएको टिप्पणी गरेको भन्दै ओलीले त्यसबाट मुक्त हुन न्यायाधीशहरु नै सचेत हुनुपर्ने ओलीले बताए । उनले सर्वोच्च अदालतमा सत्तारुढ गठबन्धनको प्रभाव पर्न नहुने बताए ।

‘यो गठबन्धन भनेको दुई दिनको पाहुना हो, ढोडका लौराको भर परेर नचल्न म आग्रह गर्छु’ उनले चेतावनीको शैलीमा भने, ‘यदि देशको पक्षमा लोकतन्त्रको पक्षमा न्यायको पक्षमा कदम चाल्नुप¥यो भने नेकपा एमालेले पनि कदम चाल्न सक्छ, कदम चाल्न तयार छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?