+
+

परमिता र नवाजुद्दिन सिद्दिकीसँगको भेटमा के-के कुरा भयो ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १५ गते १०:२९

काठमाडौं । अभिनेत्री परमिता राणा फिल्म र मोडलिङको कामको सिलसिलामा अहिले मुम्बईमा छिन् । एजेन्सीले बोलाएपछि त्यहाँ पुगेकी परमिताको भेट शनिबार बलिउड स्टार नवाजुद्दिन सिद्दिकीसँग भएको छ ।

अभिनेता सिद्दिकी आफ्नो मनपर्ने अभिनेता भएको र उनीसँग छोटो भेटघाट र कुराकानी भएको परमिताले अनलाइनखबरलाई बताइन् । ‘मैले उहाँलाई हामी नेपाली तपाईंको अभिनयलाई मनपराउँछौं भनें, उहाँले थ्यांक्यु भन्नुभयो,’ परमिताले भनिन् ।

दुईबीच अरु के-के कुराकानी भयो, परमिताले खुलाइनन् । यद्यपी, भेट रोचक भएको अनुमान गरिएको छ । तस्वीरमा दुवै जना प्रफुल्ल देखिन्छन् । परमिताले यसअघि बलिउड स्टार गुल्सन ग्रोबर अभिनित नेपाली फिल्म ‘द म्यान फ्रम काठमाण्डू’मा पनि अभिनय गरेकी थिइन् ।

उनी कतिपय अवसरमा मुम्बईमा रहेर पनि मोडलिङ गर्छिन् । हालै मात्र अनलाइन थ्रिप्ट पसल सञ्चालनमा ल्याएकी परमिता टीभी रियालिटी शो ‘डान्सिङ स्टार्स नेपाल’पछि फुर्सदमा थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?