+
+

सिंहदरबारमा कर्मचारीको प्रदर्शन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन १६ गते १३:३९

१६ साउन, काठमाडौं । संघीय निजामती सेवा ऐनमा विभिन्न मागहरु सम्बोधन गर्नु पर्ने भन्दै सिंहदरबारभित्रै कर्मचारीहरुले प्रर्दशन गरेका छन् ।

निजामती कर्मचारी युनियनका महासचिव प्रकाश भट्टराईको नेतृत्वमा ‘नासु बचाऊ अभियान’ले सिंह दरबार परिसरका सडकमा प्रदर्शन गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय घेराउ गरेका हुन् । उनीहरुले बिहान ९:२५ देखि ९:५५ बजेसम्म प्रदर्शन गरेका हुन् ।

सरकारले लामो समयदेखि ल्याउन खोजेको संघीय निजामती सेवा ऐनमा कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहमा तहगत व्यवस्था राख्नुपर्ने बताएका छन् । नायब सुब्बालाई अन्याय भएको भन्दै ऐनमा शाखा अधिकृत तहमा पदपूर्ति गर्दा खुलातर्फ ५० तथा बढुवा ३० र आन्तरिक/अन्तर तहतर्फ प्रतिष्पर्धामा २० प्रतिशत कायम गर्नुपर्ने माग उनीहरुको छ ।

भट्टराईले अनलाइनखबरसँग भने ‘सहसचिव र उपसचिव सरहको पदमा योग्यता पुगेका राजपत्र अनंकित कर्मचारीले पनि प्रतिष्पर्धा गर्न पाउनुपर्ने हाम्रो माग रहेको छ । अहिले विभिन्न संघसंस्थामा काम गरेकाहरुले खुल्ला प्रतिष्पर्धा गर्न पाउँदा राजपत्र अनंकित कर्मचारीले प्रतिस्पर्धा गर्न पाएका छैनन् । अर्को चाहिं निजामती ऐनमा सरुवा प्रणाली चक्रीय र पूर्वानुमान योग्य हुनुपर्ने हाम्रो माग हो । जसले गर्दा कर्मचारी सरुवा गराउने मन्त्रालय धाउने प्रणालीको अन्त्य हुने थियो ।’

निजामती ऐनको विषयमा कर्मचारीहरुले अहिले सांकेतिक रुपमा विरोध गरेपनि मागहरु सम्बोधन नभई निजामती ऐनमा आएमा आन्दोलन चर्काउने भट्टराईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?