+
+

विवाद चर्किएपछि हमालले हटाए गीतबाट पेटिकोट दृश्य र अश्लील शब्द

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २१ गते १५:४१

काठमाडौं । अश्लील शब्द र पेटिकोटका दृश्यले गीत विवादमा मुछिएपछि गीतबाट विवादित दृश्यांश हटाइएको छ । ‘पापाकी परी’ बोलको उक्त गीतबाट पेटिकोट लगाएर नाचिएकाे दृश्य र केही शब्द हटाएर पुनः युट्युवमा पोस्ट गरिएको छ ।

शिव हमालको रचना, आशिष अविरलको संगीत र सुशीला पाठकको स्वर रहेको गीत मंगलबार रिलिज भएको थियो । तर, रिलिज भएकै दिनबाट गीतलाई प्रशंसाभन्दा आलोचना प्राप्त भएको थियो ।

मोडल करिश्मा ढकाल र गायिका पाठक गीत हटाउन नहुने अडानमा थिए भने हमालले हटाउन दबाव दिएका थिए । गीतमा केही अश्लील लाग्ने शब्द र मोडल ढकालले पेटिकोट लगाएर नाचेकी थिइन् ।

रचनाकार हमालले अनलाइनखबरसँग कुरा गर्दै आफू लज्जित भएको भन्दै आत्मालोचना समेत गरेका थिए । उनी राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठानका कार्यसमिति पदाधिकारी पनि हुन् । गत महिना विज्ञप्ति जारी गर्दै उनले अपाच्य र अभद्र गीत सार्वजनिक गरे कार्वाही गर्ने चेतावनीसहितको विज्ञप्ति जारी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?