+
+

नेपाली फुटबलका पहिलो कप्तान आरबी राजाको स्मृति पुस्तक सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १४:२२

२२ साउन, काठमाडौं । नेपाली फुटबल टिमको पहिलो औपचारिक कप्तानदेखि राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिवसम्म बनेका राजबहादुर सिंह (आरबी राजा) को स्मृति पुस्तक सार्वजनिक भएको छ ।

शनिबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदस्थित राष्ट्रिय खेलकुद परिषदको हलमा युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज अथक, सिंहकी पत्नी पद्मावती सिंह, सिंहसँग फुटबल खेलेका पुराना सहकर्मीहरुले पुस्तक लोकार्पण गरे ।

सन् १९६३ मा नेपाली फुटबल टिमले तात्कालीन पश्चिम पाकिस्तान (हालको बंगलादेश) मा भएको आगा खाँ फुटबल प्रतियोगिता खेल्दा राजबहादुर सिंहले नेपालको कप्तानी गरेका थिए । उनी २०४८ देखि ५० सालसम्म परिषदको सदस्य सचिव बनेका थिए ।

फुटबल मात्र नभएर हक्की ब्याडमिन्टन लगायत खेल खेलेका सिंह एन्फाको उपाध्यक्षसम्म बनेका थिए । उनले नेपालमा पहिलो पटक युवा खेलकुद महोत्सव आयोजना गराएका थिए । वि.सं. १९८९ मा जन्मेका राजबहादुर सिंहको २०७७ असारमा निधन भएको थियो । सिंहको दोश्रो वार्षिक पुण्यतिथीको अवसरमा पुस्तक सार्वजनिक भएको हो ।

पद्मावती सिंह प्रकाशक रहेको पुस्तकको सम्पादन श्रीओम श्रेष्ठले गरेका हुन् । पुस्तकमा राजबहादुर सिंहसँग समय बिताएका खेलाडीहरुले उनको बारेमा लेखेका लेखहरु समावेश गरिएको छ ।

सिंहसँग फुटबल खेलेका पुराना खेलाडी मोहन पाण्डेले सिंह खेलकुद चलाउन सक्ने व्यक्ति भएको र प्रमाणित समेत गरेर देखाएको बताए ।

युवा तथा खेलकुद मन्त्री गहतराजले पहिलो कप्तानलाई सम्झने किसिमको कार्यक्रम गर्नका लागि परिवारसँग छलफल गरेर अगाडी बढ्ने बताए । पद्मावती सिंहले आफ्नै परिचय भएपनि राजबहादुरको पत्नी भन्दा गौरव हुने र नेपाली खेलकुद इतिहासको ठूलो नामको रुपमा रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?