+
+

महालक्ष्मी विकास बैंकको नाफा ४४ प्रतिशतले बढ्यो

महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १६:३३

२२ साउन, काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७८/७९ मा ९५ करोड १९ लाख ८ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको गत आव अपरिस्कृत वित्तीय विवरणअनुसार नाफा अघिल्लो आव २०७७/७८ को तुलनामा ४४.२१ प्रतिशतले बढाएको हो । बैंकले अघिल्लो आवमा ६६ करोड मुनाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानी १८.०८ प्रतिशतले बढेर १ अर्ब ८९ करोड २० लाख पुगेको छ । बैंकले असार मसान्तसम्म ४५ अर्ब ८९ करोड ८३ लाख निक्षेप संकलन गरेर ४० अर्ब ४२ करोड १९ लाख कर्जा लगानी गरेको हो । बैंकको निक्षेप र कर्जा क्रमश ३९ अर्ब ८८ करोड १२ लाखबाट १५.०९ प्रतिशत र ३५ अर्ब ७९ करोड ४४ लाखबाट १२.९३. प्रतिशतले बढेको हो ।

अघिल्लो आवमा निष्कृय कर्जा अनुपात २.८० प्रतिशत रहेकोमा गत आवमा घटेर २.४३ प्रतिशतमा झरेको छ ।

बैंकको चुक्ता पूँजी २० प्रतिशतले बढेर ४ अर्ब १ करोड ८ लाख पुगेको छ । पूँजी वृद्धि हुँदा पनि बैंकको प्रतिसेयर आम्दानी १९.७५ रुपैयाँ बढेर २३.७३ रुपैयाँ पुगेको छ । यस्तै पूँजी पर्याप्तता अनुपात ११.९४ प्रतिशत रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?