+
+

निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २२ गते १९:३८

२२ साउन, काठमाडौं। निर्वाचन आयोगमा पहिलो दिन ५ वटा राजनीतिक दल दर्ता भएका छन् ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्‍यको निर्वाचनमा भाग लिन उनीहरुलाई आयोगलेदल दर्ताको लागि आह्वान गरेको थियो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालका अनुसार पहिलो नम्बरमा सीके राउत नेतृत्वको जनमत पार्टी दर्ता भएको छ । यस्तै दोश्रो नम्बरमा मौलिक जरोकिलो पार्टी दर्ता भएको छ भने क्रमशः नेपाल समावेशी पार्टी, हाम्रो नेपाली पार्टी र पुनर्जागरण पार्टी नेपाल दर्ता भएको आयोगले जनाएको छ ।

सरकारले निर्वाचनको घोषणा गरेपछि आयोगले आइतबारदेखि आगामी चुनावमा भाग लिने प्रयोजनका लागि दल दर्ताको काम सुरू गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?