+
+

ब्राजिलमा मार्सल आर्टका विश्व च्याम्पियन खेलाडीलाई प्रहरीले हाने गोली

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १०:२५

२३ साउन, काठमाडौं । ब्राजिलका मार्सल आर्टका वर्ल्ड च्याम्पियन एकजना खेलाडीलाई प्रहरीले गोली हानेको छ । ब्राजिलका मार्सल आर्ट खेलाडी लियन्द्रो लोमाथि साओपाउलोको एक नाइट क्लबमा प्रहरीले गोली हानेको बीबीसीले जनाएको छ ।

गोली लागेर घाइते भएका ३३ वर्षीय लियन्द्रोलाई अस्पताल भर्ना गरिएको छ । डाक्टरहरुले उनको ब्रेन डेथ भएको बताएको बीबीसीले जनाएको छ ।

ड्युटीमा नरहेका एक जना प्रहरी अधिकृतले उनीमाथि गोली हानेर फरार भएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

लो जियु-जित्सु एथलिट च्याम्पियनसिपको हालसम्मकै सफल खेलाडी मानिन्छ । यो विधामा उनी आठ पटक विश्व विजेता बनिसकेका छन् ।

जियु-जित्सु ब्राजिलको एक मार्सल आर्ट र कोम्ब्याट स्पोर्ट हो । यो ग्राउण्ड फाइटिङ र सबमिशन होल्डमा आधारित छ ।

उनको हत्याको कोसिस गरिएको घटनामा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?