+
+

मुस्ताङमा ४६०० मिटर उचाइमा गल्फ कोर्ष निर्माण, भदौमा प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १४:५३
Photo Credit : प्रतियोगिताबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन ।

२३ साउन, काठमाडौं । मुस्ताङको लोमान्थाङमा ४ हजार ६३५ मिटर (१५ हजार २३९.५ फिट) उचाइमा निर्माण गरिएको गल्फ कोर्षमा प्रतियोगिता आयोजना हुने भएको छ । यसले विश्वकै सबैभन्दा उच्चस्थानको गल्फ कोर्षको पहिचान पाउन बाँकी छ ।

भदौ ११ गते लोमान्थाङ युवा क्लब र लोमान्थाङ गाउँपालिकाको संयुक्त आयोजनामा मुस्ताङ गल्फ कोर्षमा टप अफ दि वर्ल्ड गल्फ च्यालेन्ज प्रतियोगिता आयोजना हुनेछ । काठमाडौं र पोखराबाट गरी २४ पुरुष र ४ महिला खेलाडीको सहभागिता रहने अनुमान गरिएको प्रतियोगिता तीन बाई चार स्टेवलफोर्ड फम्र्याटमा ९ होलमा खेलाइनेछ ।

विश्वकै अग्लो स्थानमा रहेको गल्फ कोर्ष भारतको सिक्किममा छ । ३ हजार ९७० मिटर (१३ हजार २५ फिट) उचाइको सो कोर्षले कीर्तिमानी मान्यता पाएको छ । त्यो कीर्तिमान नेपालमा ल्याउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

पहिलोपल्ट प्रतियोगिता गरी कोर्षको गुणस्तर पहिचान गर्ने र आवश्यकताअनुसार परिमार्जन गर्दै लगिने आयोजकले बताएको छ । १८ होलकै कोर्ष बनाउने प्रयास पनि भइरहेको छ ।

यो गल्फकोर्ष गण्डकी प्रदेशसभा सांसद इन्द्रधारा विष्टको सक्रियतामा निर्माण गरिएके हो । सांसद विकास कोषको १० लाख, लोमान्थाङ गाउँपालिका र मुस्ताङका सांसद विष्टको लगानीमा निर्माण भएको हो ।

प्रतियोगिता आयोजना गरी पहिचान दिने र भविष्यमा नेपालको खेल पर्यटनका लागि सहयोग पुग्ने उद्देश्ले कोर्ष निर्माणमा लगानी गरिएको सांसद विष्टले जानकारी दिए । ‘अब हामीले पानी खेलेर विकास हुन्न । हिउँ खेलेर पदक ल्याउनुपर्छ भन्ने मेराे थिम हाे,’ विष्टले भने ।

नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले अग्लो स्थानको गल्फ कोर्षको पहिचानका लागि सरकार र विश्व गल्फ महासंघमा पहल गरने बताए । ‘माननीयज्युले अग्लो स्थानमा कोर्षको स्थापना गर्नुभएको छ । यसले गल्फको विकासमा सहयोग त पुग्ने नै छ । त्यसबाहेक पर्यटकीय दृष्टिकोणले पनि प्रभावकारी हुनेछ । विदेशी गल्फरहरुलाई पनि एकपल्ट लोमान्थाङ पुग्नैपर्छ भन्ने हुन्छ,’ घलेले सोमबार आयोजित पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?