+
+

ओली भन्छन्- तराईको डुबानबारे मैले भारतसँग वार्ता गरें, अहिलेको सरकारले केही गरेन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २३ गते १७:५३
गौरमा भएको सभालाई संवोधन गर्दै ओली ।

२३ साउन, रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई मधेसमा हुने डुबान समस्या समाधानका लागि आफूले भारतसँग कुरा गरेको तर अहिलेको सरकारले केही गर्न नसकेको बताएका छन् ।

आफूले भारतसँग कुरा गरेपछि दुई देशको संयुक्त टोलीले निरीक्षण गरेको भन्दै ओलीले रौतहटमा भएको कार्यक्रममा भने, ‘गौरकोे डुबानको समस्या मैले देखेको छु, यहाँको यो समस्या समाधानका लागि मैले भारतका प्रधानमन्त्रीसँग वार्ता गरेको छु, दुई देशको संयुक्त टोलीले यहाँ निरीक्षण गरेको छ ।’

सीमा क्षेत्रमा भारतले जमिन उकासेर पक्की सडक बनाएका कारण पानीको निकास बन्द भएर सीमा क्षेत्रमा नेपालको भूमि बर्सेनी डुबानमा पर्ने गरेको छ ।

‘कैलालीमा डुबानमा छ, गौरमा डुबान छ, अरु विभिन्न ठाउँमा डुबान छ,’ ओलीले भने, ‘त्यो डुबानको समस्या समाधान हुनैपर्छ, पानीलाई स्वतन्त्र रुपमा बग्न दिनुपर्छ भनेर मैले भारतसँग कुरा गरेको छु, अहिलेको सरकारको त केही क्षमता रहेनछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?