+
+

रेमिटोत्सव योजनाको विजेता घोषणा, गोरखाका कमलले पाए ५० हजार रुपैयाँ 

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १७:१८

काठमाडौं । ईसेवा मनि ट्रान्सफरले नयाँ वर्ष २०७९ लाई लक्षित गरी सञ्चालन गरेको ‘रेमिटोत्सव’ योजनाको विजेता गोरखाका कमल कमर बनेका छन् । यो योजना १ वैशाख २०७९ बाट प्रारम्भ भएर ४ साउन २०७९ सम्म सञ्चालन भएको थियो ।

यस योजनाको मुख्य उद्देश्य स्वदेश तथा विदेशबाट हुने अवैधानिक रेमिट्यान्स गतिविधिलाई निरुत्साहित गर्दै वैधानिक रेमिट्यान्सलाई प्रोत्साहन र प्रवर्द्धन गर्नु रहेको थियो ।

‘वैधानिक रुपमा रेमिट्यान्स पठाऔं रेमिटोत्सव मनाऔं’ भन्ने मूल नाराका साथ सम्पन्न यस अफरमा संसारका २०० भन्दा बढी मुलुकबाट ईसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स कारोवार गर्ने मध्ये हरेक दिन १ जनालाई र योजना अवधि भर कुल ९८ जनालाई प्रत्येक दिन उपहार स्वरुप ५ हजार रुपैयाँ प्रदान गरिएको थियो ।

कम्पनीका अनुसार यस योजनाको बम्पर उपहार विजेता भने गोरखाका कमल कमर भएका छन् । उनले ५० हजार रुपैयाँ पाएका छन् । उनले कतारको युनिमोनी एक्सचेन्जबाट ईसेवा मनि ट्रान्सफर मार्फत रेमिट्यान्स पठाएका थिए ।

ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले रेमिट्यान्स देशको अर्थतन्त्रको महत्वपूर्ण हिस्सा भएकाले यसलाई वैधानिक तवरबाट देश भित्र्याउन सकेमा समग्र अर्थतन्त्रमा नै सकारात्मक प्रभाव देखिने बताए ।

ईसेवा मनि ट्रान्सफरले रेमिटोत्सव समाप्त भएपनि व्यापार प्रवर्धनात्मक तथा सेवाग्राही मैत्री –डिजिटल रेमिट्यान्समा आइफोन जित्ने अफर लिएर आइसकेको उनले बताए ।

विदेशबाट सोझै ईसेवा वालेटमा पैसा लोड गर्न सकिने सन्देशमुलक यस अफरमा पठाउनेले आइपÞmोन १३ जित्न सक्नेछन् भने नेपालमा प्राप्त गर्ने व्यक्तिले रु. १०० बोनस पाउनेछन् । त्यस्तै विदेशबाट आएको नगद रेमिट्यान्स सोझै आफ्नो ईसेवा वालेट्मा प्राप्त गरि सेवाग्राहीले  २०० रुपैयाँको बोनस समेत प्राप्त गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?