+
+

प्रभु बैंकका ग्राहकलाई ‘भेटायो एप’को सेवामा विशेष छुट

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १७:३४

काठमाडौं । ‘भेटायो एप’ले आफ्नो व्यवसाय विस्तार गर्ने उदेश्यका साथ प्रभु बैंकसँग सहकार्य गरेको छ । सम्झौतापत्रमा भेटायोको तर्फबाट सहसञ्चालक अंशु शाक्य र प्रभु बैंकको तर्फबाट डिजिटल सेल्सका प्रमुख भेषराज धमलाले हस्ताक्षर गरेका छन् ।

सम्झौताअनुसार भेटायो एपमार्फत सेवा बुकिङ गर्ने, सेवा लिने र प्रभु बैंकबाट भुक्तानी गर्न सहज हुनेछ । दुई पक्षीय समझदारी सुरु भएको अवसरमा भेटायो एप मार्फत सेवा लिने सबै प्रभु बैंकका ग्राहकलाई भुक्तानीमा १०५ छुट प्रदान गरिनेछ ।

भेटायो मार्फत प्लम्बिङ, सरसफाइ, किरा नियन्त्रण, कपडा सरसफाइ लगायतका सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।

प्रभु बैंकसँगको सहकार्यले विना झन्झट छिटो छरितो तरिकाले भुक्तानी गर्न सकिने शाक्यले विश्वास व्यक्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?