+
+

दार्चुलामा स्याउको उत्पादन बढ्यो

रासस रासस
२०७९ साउन २४ गते १८:४१

२४ साउन, दार्चुला । दार्चुलामा यो वर्ष स्याउ उत्पादन बढेको छ । स्याउ जोन क्षेत्र रहेको यहाँका अपी हिमाल, ब्यास, नौगाड गाउँपालिकामा स्याउ उत्पादन बढेको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना स्याउ जोनका अनुसार जिल्लाभरी दुई सय ४९ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिएको छ ।

‘गाउँगाउँमा स्याउँ उत्पादन ब९ेको भएको छ’, अपी हिमाल गाउँपालिका-४ का स्थानीय जनक ठेकरले भने, ‘केही समयपछि स्याउ बजारमा आउने अवस्थामा पुगेको छ ।’ स्याउको हरेक बोटमा लटरम्म फलेका छन् ।

अहिले सदरमुकाम खलङ्गामा भारतबाट आयात हुने स्याउ दुई सय ५० प्रतिकेजी पुगेको छ । तर जिल्लाभरि उत्पादन हुने स्याउ सदरमुकामसम्म ल्याउन किसानलाई बाटो नहुँदा समस्या छ । ‘गाउँ नजिक बजार छैन्’, स्याउ कृषक कपुरसिंह धामीले भने, ‘खलङ्गा ल्याउन ढुवानीमै समस्या छ ।’ सडक सञ्जाल नजोडिएको कारण पनि स्याउ बजारमा ल्याएर बिक्री गर्न सकिने अवस्था छैन ।’

दार्चुला ब्यासको छाङ्गरु तथा गागामा हजारौँ बिरुवा स्याउ लगाइएकोमा त्यसबाट राम्रो फल लागेको छ । तर यहाँ उत्पादन भएका स्याउ बजारसम्म ल्याउन नेपालतिर बाटो नहुँदा किसान मर्कामा परेका छन् ।

स्याउ जोन दार्चुलाका कार्यालय प्रमुख विष्णुप्रसाद ओझाका अनुसार हरेक वर्ष स्याउ उत्पादन क्षेत्र बढ्दै गएको छ । किसानले उत्पादन बढाउँदै लगेका छन् । किसानले उत्पादन गरेको स्याउ बजारसम्म ल्याउन भने सकिरहेका छैनन् ।

दुर्गम क्षेत्रमा स्याउ उत्पादन भइरहेको छ । तर सडक पहुँच नपुगेकै कारण किसानले उत्पादन गरेको स्याउले बजार पाउन नसकेको ओझाको भनाइ छ ।

जिल्लामा वार्षिक एक हजारभन्दा बढी टन स्याउ उत्पादन हुने गरेको छ । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा नौ सय १० मेट्रिक टन र ०७७/७८ मा एक हजार दुई सय १५ मेट्रिक टन स्याउ उत्पादन भएको कार्यालय प्रमुख ओझाले बताए । २०७६/७७ मा स्याउको बोटमा किरा लाग्नु र मौसममा आएको परिवर्तनका कारण स्याउ उत्पादन घटेको उनको भनाइ छ ।

जिल्लामा गत वर्ष मात्र स्याउ जोन कार्यालयले ६ हजार पाँच सय बोट स्याउका बिरुवा किसानलाई वितरण गरेको थियो । यहाँको मौसममा सुहाउँदो इटाली, गाला फुजी रोयल, डेलिसियस, गोल्डन डेलिसियस जातका स्याउका उत्पादन गरिएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?