+
+

व्यवसायी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २४ गते १८:५१

२४ साउन, काठमाडौं । विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले आदेश दिएको छ । जिल्ला अदालत काठमाडौंका न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।

अदालतको आदेशपछि श्रेष्ठलाई कारागार चलान गरिएको काठमाडौं प्रहरीका एसपी दिनेशराज मैनालीले बताए । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा २९ असारमा पक्राउ गरेको थियो ।

तर अनुसन्धानका क्रममा श्रेष्ठको खातामा शंकास्पद कारोबार भएको भन्दै बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अनुसन्धान अनुसन्धान अघि बढाइएको थियो ।

उनको वेल्स बैंक अफ अष्ट्रेलियामा रहेको खातामा एक लाख ९४ हजार अमेरिकी डलर, रोयल बैंक अफ क्यानडामा १८ लाख ७४ हजार अमेरिकी डलर, शेयर कारोबार, नेपालमा एभरेष्ट बैंकको खाताबाट २ करोड ६ लाख र एनआईसी एसिया बैंकको खाताबाट ६५ लाख २४ हजार रुपैयाँको गरी विभिन्न कम्पनीमा शेयर लगानी रहेको पनि प्रहरीले जनाएको छ ।

साथै, नबिल बैंकमा क्यानेडियन डलर ६७ हजार ५९६ र नेपाली रुपैयाँ ६५ हजार रहेको देखिएको एसपी दिनेशराज मैनाली बताउँछन् । उनको पानीपोखरीमा अपार्टमेन्टसमेत गरी ४ लाख ४९ हजार अमेरिकी डलर बराबरको सम्पत्ति रहेको र त्यसको स्रोत नखुलेको प्रहरीको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?