+
+

सन्दीप सहभागी लंका प्रिमियर लिग डिसेम्बरमा हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १४:०२

२५ साउन, काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने आबद्ध भएको लंका प्रिमियर लिग (एलपीएल) अब नयाँ मितिमा हुने भएको छ । श्रीलंका क्रिकेट (एसएलसी)ले लिग आगामी डिसेम्बर ६ देखि २३ सम्म हुने जनाएको छ ।

यसअघि एलपीएल आगामी अगष्ट १ देखि ३१ सम्म हुने तय थियो । तर श्रीलंकामा पछिल्लो समय देखिएको आर्थिक संकटका कारण प्रतियोगिता स्थगित गरिएको थियो ।

तेस्रो संस्करणको एलपीएलका लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछाने दम्बुला जायन्ट्समा अनुबन्ध भएका छन् । उनलाई दम्बुलाले ४० हजार डलरमा विदेशी कोटामा राखेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?