+
+

वाम समाजवादी मोर्चा : एउटै चुनाव चिह्नको सम्भावना सकियो

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते १९:३१

२५ साउन, काठमाडौं । सत्तारुढ गठबन्धनमा रहेका नेपाली कांग्रेस बाहेकका दलहरुले बनाउने भनिएको वाम समाजवादी मोर्चा निर्वाचन आयोगमा दर्ता नहुने भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीले पाँचदलीय गठबन्धनभित्र वाम समाजवादी मोर्चा बनाउन निरन्तर छलफल गर्दै आएका छन् । राष्ट्रिय जनमोर्चालाई समेत मोर्चामा संलग्न गराएर एउटै चुनाव चिह्नमा लड्ने समेत छलफल भएको थियो ।

तर यो सम्भावना समाप्त भएको छ । एकीकृत समाजवादीको बुधबार बसेको सचिवालय बेठकले प्रदेश र प्रतिनिधिसभाका लागि दल दर्ताका लागि निर्णय गरेको छ । उपमहासचिव प्रकाश ज्वाला भन्छन्, ‘एउटै चुनाव चिह्नमा जान कठिन देखियो । तर एउटै घोषणापत्र बनाएर जाने सम्भावना अझै पनि छ ।’

निर्वाचन आयोगले ४ मंसिरको चुनावका लागि दल दर्ताका लागि ३१ साउनसम्मको समय दिएको छ । दुई वा दुईभन्दा बढी दलले एउटै चुनाव चिन्हमा लड्ने भए यही समयमा मोर्चा दर्ता गर्नुपर्ने आयोगले बताएको छ ।

एउटै चुनाव चिह्न लिएर लड्दा समानुपातिकको सूची पनि एउटै बुझाउनुपर्ने हुन्छ । सिट बाँडफाँटका लागि सहमति जुटाउन सकस परेका बेला समानुपातिकको सम्भावित सिट भागवण्डा गरेर त्यसअनुसार बन्दी सूची बनाउने सम्भावना नदेखिएको माओवादी केन्द्रका एक नेताले सुनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?