+
+

गौैतमश्रीका अध्यक्ष गएनन् सहकारी मन्त्रालय

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २५ गते २०:२८

२० साउन, काठमाडौं । गौैतमश्री बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्ष रामबहादुर गौतमले बचतकर्तालाई झुक्याएका छन् । २० साउनमा सहकारी भवन परिसरमा सार्वजनिक भएका उनले सहकारीका सदस्यसँग २२ साउन (गत आइतबार) भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सबै विवरणसहित उपस्थित हुने बताएका थिए ।

गौतमले आफ्ना कम्पनीको व्यापार, सम्पत्ति, सहकारीको बचत, ऋण र जग्गा कति छ भन्ने सबै विवरण २१ साउन आइतबार भूमि व्यवस्था सहकारी तथा गरीबी निवारण मन्त्रालयमा बुझाउने बताएका थिए । ‘मन्त्रालय गएर तपाईंहरुको पैसा फर्काउने प्रतिवद्धता गर्छु । षडयन्त्रपूर्वक यस्तो भयो, जे भएपनि कसैको एक पैसा डुब्ने छैन,’ उनले भनेका थिए ।

तर, बुधबारसम्म उनी मन्त्रालय पुगेका छैनन् । १३ साउनदेखि सहकारी बन्द गरेर फरार रहेका गौतम प्रहरीको सुरक्षाबीच २० साउन शुक्रबार सहकारीको केन्द्रीय कार्यालय, कुलेश्वर पुगेर बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए ।

उनलाई बचतकर्ताले फूलमालासहित स्वागत गरेका थिए । गौतमले पनि आफू भागेको नभई व्यवसायी कामको सिलसिलामा भारत गएको र १६ साउनमा सोमबार भारतबाट नेपाल फर्किएर समस्या समाधानमा लागेको बताएका थिए ।

‘फर्किनासाथ ठूला निक्षेपकर्ता र सहकारी विभाग लगायतसँग कुरा गरें, सबैलाई भेटघाट गरें,’ उनले भनेका थिए ‘ढुक्क रहनुस्, एक पैसा तलमाथि हुने छैन । मेरो सम्पत्ति बेचेर पनि तपाईंहरुको पैसा तिर्छु ।’

उनले सहकारी विभागसँग छलफल गरेको बताएपनि अहिलेसम्म गौतमश्री बहुउद्देश्यीय सहकारीका कुनै पनि प्रतिनिधि वा सञ्चालक सम्पर्कमा नआएको विभागको सूचना अधिकारी टोलराज उपाध्याय बताउँछन् ।

मन्त्रालयको सहकारी मामिला हेर्ने विभाग उपसचिव रघुनाथ सहकराीका अध्यक्ष वा कुनै प्रतिनीधि मन्त्रालयमा आएको वा छलफल गरेकेा जानकारी नभएको बताउँछन् । ‘विभागको सिफारिसअनुसार समस्याग्रस्त घोषणा गर्ने अथवा के गर्न भन्ने विषयमा छलफल भइरहेको छ, कुनै निर्णय भएको छैन,’ उनले भने ।

अध्यक्ष गौतमले २० साउनमा सहकारी मार्फत राम्रो ब्याजदर खुवाएको भन्दै उनले अब धेरै ब्याज दिन नसक्ने पनि बताएका थिए । ‘तपाईंहरुले पनि केही ब्याज माफी दिनुस्, तपाईंको बचतभन्दा मेरो सम्पत्ति धेरै छ । ऋण उठ्न पनि बाँकी छ, तिर्न सक्छु ।’ उनले भनेका थिए ।

सहकारी विभागले सहकारीका अध्यक्ष गौतमसहित सञ्चालक र   व्यवस्थापकलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको थियो । तर, सार्वजनिक भएपछि सहकारीको अध्यक्ष  गौतम भने बचतकर्तासँग छलफलमा छन् ।

सहकारी पडित संघर्ष समितिको समस्य विजय रञ्जित अध्यक्ष गौतसँग छलफल भइरहेको र कानुन व्यवसायी राखेर  सहमति गर्ने तयारी गरिरहेको बताउँछन् ।

‘सहकारीको अध्यक्ष गौतमले आफ्नो सम्पत्ति विवरण देखाएर बचत फिर्ता गर्न सक्छु भन्नुभएको छ, कानुन व्यवसायी समेतको उपस्थतिमा उहाँको सम्पत्ति हेरेर बचत रकम फिर्ता गर्ने पुग्ने र सक्ने आधार देखियो भने, उहाँविरुद्धको मुद्दा फिर्ता लिन्छौं,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?