+
+

भोजपुरको गाउँपालिकाले सेवा दिन काठमाडौंमा गर्‍यो शिविर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २६ गते १४:२१

२६ साउन, काठमाडौं । भोजपुरको साल्पा सिलिछो गाउँपालिकाले काठमाडौैंमा अस्थायी बसोबास गर्दै आएका नागरिकलाई सेवा दिन काठमाडौंमा शिविर गरेको छ ।

गाउँपालिका र वडाबाट दिने जन्मदर्ता, मृत्युदर्ता, सिफारिसलगायतका सबै सेवा शिविरबाट दिइएको छ । काठमाडौंको जोरपाटीमा राखिएको शिविरबाट काठमाडौंमा अस्थायी बसोबास गर्दै आएका साल्पा सिलिछोका नागरिक लाभान्वित भएका छन् ।

गाउँपालिका अध्यक्ष दौलथ कुलुङका अनुसार काठमाडौंमा अस्थायी बसोबास गर्ने बासिन्दालाई एउटा सिफारिसकै लागि भोजपुरसम्म जानुपर्ने समय र खर्च बचत गर्नको लागि शिविर सञ्चालन भएको हो । शिविर प्रत्येक वर्ष सञ्चालन गर्ने, थप माग आएमा वर्षको दुई पटकसम्म गर्ने योजना रहेको उनले बताए ।

‘हामीलाई निर्वाचनमा मत दिन काठमाडौैंबाट गाउँसम्म पुगेका मान्छेलाई एउटा सिफारिसकै लागि फेरि गाउँसम्म जाँदा कति तनाव होला ?’ कुलुङले भने, ‘रोजगारी, अध्ययन र अवसरको लागि काठमाडौं बसे पनि उहाँहरु हाम्रै जनता हो । उहाँहरुको सेवा गर्नु हाम्रो दायित्व हो ।’

आफूहरुको काम देखेर झापा, मोरङ, सुनसरी लगायत जिल्लाबाट काठमाडौंमा बसोबास गर्ने मानिसले पनि शिविर माग गर्न थालेका उनले बताए ।

कुलुङका अनुसार बुधबार र विहीबार विहान गरी १ सय ५० जनाले गाउँपालिबाट गर्नुपर्ने सिफारिस लिएका छन् । सिफारिस लिनेहरुमा मुख्यगरी जन्मदर्ता, मृत्यु दर्ता, विवाह दर्ता, नाता प्रमाणित, विवाह प्रमाणित, सामाजिक सुरक्षा नवीकरण र नयाँ सेवा, बसाइसराइ लगायत रहेको कुलुङले बताए ।

शिविरको लागि गाउँपालिका सबै वडाध्यक्ष, गाउँपालिका अध्यक्ष र कर्मचारीहरु भोजपुरबाट काठमाडौं आएका थिए । कुलुङले जनप्रतिनिधि काठमाडौं बस्दा आफ्नै खर्चमा बसेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?