+
+

प्रधानमन्त्री देउवालाई खोकी लागेपछि…

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २७ गते १८:०४

२७ साउन, काठमाडौं । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा शुक्रबार युवा परिषद्ले काठमाडौंमा एक कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री देउवा पनि सहभागी भए र उनले मन्तव्य पनि राखे । लिखित मन्तव्य राखेका देउवालाई बोल्ने क्रममा खोकीले निक्कै नै सतायो ।

जम्मा ५ मिनेट बोलेका देउवलाई बोल्न सुरु गरेको साढे ३ मिनेटमै खोकी लाग्न थालेको थियो । खोकी लागे पनि देउवाले खोक्दै‍–रोकिँदै लिखित मन्तव्य वाचन गरिरहे ।

उनले खोकीले असहज भएरै झण्डै २ मिनेटसम्म बोले । लगातारको खोकीका वावजुद पनि प्रधानमन्त्री देउवाले मन्तव्य पूरा गरे । मन्तव्यमा देउवाले देशमा रहेको युवा शैक्षिक बेरोजगारी अन्त्य गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

‘युवालाई जीवन उपयोगी सीप र सिकाई स्वदेशमा नै सहज रुपमा जीवीकोपार्जन गर्नसक्ने बनाउन खाँचो रहेको छ । त्यसको लागि अन्तर पुस्ता सीप ध्यान हस्तानान्तरण लगायतका कार्यलाई थप प्रभावकारी बनाउनु पर्ने देखिएको छ’, देउवाले भने ।

भिडियोमा हेर्नुहोस् :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?