+
+

यस्तो छ ‘प्रेमगीत ३’ फिल्मको हिन्दी टिजर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २८ गते १०:१२

काठमाडौँ । नेपाल र भारतमा एकैदिन प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको टिजर ट्रेलर रिलिज भएको छ ।

भारतीय फिल्म समीक्षकहरुले शनिबार बिहानै सामाजिक सञ्जालमार्फत टिजर रिलिज गरेका छन् । टिजरले मुख्य पात्र प्रेम (प्रदीप खड्का)को चरित्रले गीत वा राजगद्दीमध्ये एक चुन्नुपर्ने बाध्यतालाई दर्शाइएको छ ।

१ मिनेट लामो टिजरमा प्रदीपलाई पर्याप्त स्थान दिइएको छ । टिजरमा प्रेम र रोमान्सका दृश्यभन्दा द्वन्द्वलाई प्राथमिकता दिएको छ । प्रेमगीतको ब्रान्ड भ्यालु चाहिं रोमान्स नै हो । हिउँले भरिएको मुस्ताङी दृश्य आकर्षक छन् ।

टिजरमा प्रदीपबाहेक कृष्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, सुनिल थापा, लक्ष्मी बर्देवा आदि पनि अटाएका छन् । छेतेन गुरुङ र सन्तोष सेन निर्देशित फिल्म नेपाल र भारतमा असोज ७ गते रिलिज तयारी छ ।

निर्माताले फिल्मलाई हिन्दीमा डबिङ गरेर हलमा प्रदर्शन गर्न लागेको पहिलो फिल्मको रुपमा प्रचारप्रसार गरेको छ । ट्रेलर ५ दिनपछि सार्वजनिक हुने निर्माण टिमले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?