+
+

बल प्रयोग गरेरै बन्चरेडाँडामा फोहोर लगिने

शनिबार ३ सयभन्दा बढी सुरक्षाकर्मी परिचालित

अमृत चिमरिया अमृत चिमरिया
२०७९ साउन २९ गते १२:५८
फाइल फोटो

२९ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाले अब प्रहरी बल लगाएरै बन्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने भएको छ । यसअघि प्रहरी बल लगाएर फोहोर व्यवस्थापन गर्न नहुने पक्षमा उभिएका मेयर बालेन्द्र साह (बालेन) प्रहरी बल प्रयोग गर्नैपर्ने निष्कर्षमा पुगेका हुन् ।

मेयरमा निर्वाचत भएलगत्तै बन्चरेडाँडा पुगेर उनले फोहोर व्यवस्थापनका नाममा मानवीय अपराधान भइरहेको भन्दै बल प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । तर, पूर्वसहमति पालनाको काम गर्दै पटक-पटक स्थानीय असन्तुष्ट समूहले फोहोर फाल्न अवरोध गरेपछि महानगरपालिका अब बल प्रयोग गर्ने निष्कर्षमा पुगेको महानगरपालिका स्रोतले बतायो ।

अहिले बञ्चरेडाँडा ल्याण्डफिल साइटमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचलान गरिएको छ । स्थानीय बासिन्दाको अवरोध नहोस् भनेर तत्काल प्रहरी परिचालन गर्न यसअघि नै सशस्त्र प्रहरी बलको क्याम्प यसअघि नै स्थापना भएको थियो ।

शनिबार महानगरको फोहोर फाल्न थप प्रहरी सहित ३ सयभन्दा बढी प्रहरी तथा सशस्त्र प्रहरी परिचालन भएका थिए । शनिबार प्ररही केनद्रीय कार्यालय नक्सालका सहित नेपाल प्रहरीबाट २ सय ३७ परिचालित भएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । थप सय जना सशस्त्र प्रहरी बल खटिएका थिए ।

आज पनि आवश्यक परे तत्काल प्रहरी खटाइने परिसरले जनाएको छ । काठमाडौंमा प्रमुख जिल्ला अधिकारी गोबिन्द्रप्रसाद रिजालले आइतबारका लागि महानगरले अहलेसम्म सुरक्षा सहयोग मागेको छैन ।

काठमाडौं महानगरपालिकाको फोहोर बोकेको गाडी तोडफोड भएपछि बञ्चरेडाँडामा प्रहरीको उपस्थिति बढाइएको महानगरले जनाएको छ । ठूलो सख्ंयामा प्रहरी परिचलान भए पनि शनिबार बेलुका दूईटा टि्रप्परले सडकमै फोहोर खन्याएपछि केहिबेर स्थानीयबासी आन्दोलित भएका थिए ।

उक्त फोहोरलाई पुरेपछि मात्रै स्थानीयले बाटो छोडेको थिए । मेयर साहले समाजिक सञ्जालमा दिएको जानकारीअनुसार शनिबार १ सय ५२ फोहोरको गाडी बञ्चरेडाँडा गएका थिए ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालका अनुसार आज काठमाडौंको फोहोर बञ्चरेडाँडा पुर्‍याउन सकिएको छैन । ‘अहिले फोहोर लोड हुँदैछ । आज फोहोर त जाला तर अहिलेसम्म गएको छैन,’ रिजालले भने,’आज पनि आवश्यक परे सुरक्षाकर्मी खटाउने तयारी छ ।’

उपत्यकामा दैनिक १ सय ५० गाडी फोहोर संकलन हुन्छ । तर, हप्तौंदेखि फोहोर उठ्न सकेको छैन । काठमाडौं महानगरपालिकाले २ सय ५० देखि ३ सय ५० फोहोरको गाडी दैनिक रुपमा बञ्चरेडाँडामा पठाउने तयारी गरेको मेयर बालेन्द्र साहले जानकारी दिएका छन् ।

महानगरमा फोहोर धेरै थुपि्रएकोले फोहोर नियमित रुपमा व्यवस्थापन हुन अझै केहि समय लाग्ने उनले बताएका छन् ।

लेखकको बारेमा
अमृत चिमरिया

चिमरिया अनलाइनखबर डटकमका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?