+
+

नेपाली ब्याट्सम्यानमा टेक्निकको अभाव छ : मुख्य प्रशिक्षक प्रभाकर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १७:०३

२९ साउन, काठमाडौं । नेपाली क्रिकट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले नेपाली ब्याट्सम्यानहरुमा टेक्निकको अभाव देखेको बताएका छन् । यसमा सुधार गर्ने आफूसँग योजना रहेको, तर यसका लागि समय चाहिने उनले बताए ।

नेपालको मुख्य प्रशिक्षकमा नियुक्त भएका प्रभाकर शनिबार मात्र नेपाल आएका हुन् । नेपाल आएको भोलिपल्ट सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रभाकरले भने, ‘केएल राहुलले सही टेक्निकका साथ खेलेको र १०० रन बनाएको मैले देखेको छु । विराट कोहलीले टेक्निक प्रयोग गर्छन् र शतक बनाउँछन् । ट्वाटी–२० मा पावर गेम खेल्नु पर्दैन ।’

उनले अघि भने, ‘यदि टेक्निक छ भने जुन सुकै फर्म्याटमा जुन सुकै बेला रन बनाउन सकिन्छ । अहिले नेपाली ब्याट्सम्यानहरुमा त्यही अभाव देखेको छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?