+
+

दीपकलाई सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन २९ गते १८:३१

२९ साउन, काठमाडौं । साग स्वर्ण पदकधारी दीपक श्रेष्ठलाई राष्ट्रिय खेलकुद परिषद्ले थप जिम्मेवारी प्रदान गरेको छ ।

सहायक प्रशिक्षकमा कार्यरत श्रेष्ठलाई २०७९ साउन २६ गतेको सदस्य सचिवस्तरीय निर्णयानुसार समान श्रेणी, पद र सुविधा कायम रहने गरि सहायक मुख्य प्रशिक्षकको जिम्मेवारी प्रदान गरिएको हो ।

आइतबार एक कार्यक्रमकाबीच तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन बिकले श्रेष्ठलाई कार्यकाल सफलताको शुभकामना सहित नयाँ जिम्मेवारीको पत्र प्रदान गरेका थिए ।

श्रेष्ठलाई सोहि मितिदेखि लागु हुने गरि तालिम तथा प्रशिक्षण विभागमा रहि कामकाज गर्ने गरिपत्र प्रदान गरिएको छ ।

२०५४ सालमा सहायक प्रशिक्षकको रुपमा करारमा परिषद्को सेवामा प्रवेश गरेका श्रेष्ठ २०६१ सालमा स्थायी भएका थिए । ललितपुर जिल्ला खेलकुदल विकास समितिमा कार्यरत श्रेष्ठले राष्ट्रिय खेलाडीहरुलाई प्रशिक्षण गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?