+
+

तारकेश्वरमा सौर्य बत्ती जडान गरिने

रासस रासस
२०७९ साउन २९ गते १९:०१

२९ साउन, काठमाडौं । काठमाडौँको तारकेश्वर नगरपालिकाका सडकमा सौर्य बत्ती जडान गरिने भएको छ ।

नगरपालिकाले वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको प्राविधिक सहयोगमा नगर उज्यालो कार्यक्रमअन्तर्गत मुख्य सडकमा तीन सय ४० सोलार बत्ती जडान गर्न लागेको हो ।

नगरपालिकाका प्रमुख कृष्णहरि महर्जनले रु दुई करोड ६० लाखमा नगरपालिकाभित्रको मुख्य सडकमा सौर्य बत्ती जडान गर्न लागेको जानकारी दिए । उनका अनुसार ५० मिटर दूरीमा सडक बत्ती जडान गरिनेछ ।

नगरप्रमुख महर्जनले जरङ्खुदेखि काभ्रेस्थलीसम्म, जरङ्खुदेखि चिसापानीसम्म, नेपालटारदेखि साङ्लासम्म, लोकतान्त्रिक चोकदेखि फुटुङसम्म र महादेवखोला करिडोरमा सौर्य बत्ती जडान गर्ने बताए । ‘मुख्य सडकबाहेक आवश्यक परेको ठाउँमा भित्रि सडकमा समेत बत्ती जडान गर्छौं’, उनले भने ।

यस्तै, नगरपालिकाभित्रका बिजुली तारलाई भूमिगत गर्ने भएको छ । नगरपालिकाका प्रमुख महर्जनले नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कुलमान घिसिङलाई भेटेर नगरपालिकाभित्रको अव्यवस्थित बिजुलीका तार भूमिगत गर्नेबारे ध्यानाकर्षण गराएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?