
२९ साउन, काठमाडौं । रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको एकीकृत कारोबार आइतबारदेखि सुरु भएको छ । मर्जरपछि यी दुई हाइड्रोपावर कम्पनीले आइतबारदेखि एकीकृत कारोबार सुरु गरेका हुन् ।
काठमाडौंमा आइतबार आयोजित एकीकृत कारोबार कार्यक्रमा बोल्दै विद्युत् नियमन आयोगका अध्यक्ष डिल्लीबहादुर सिंहले जलविद्युतको क्षेत्रलाई कुनैपनि अवस्थामा उचाइमा पुर्याउने बताए । उनले जलविद्युतको विकास गरी उचाइमा पुर्याउन निजी क्षेत्र अगाडि रहेको बताए ।
‘देशमा भएको जलविद्युतको स्रोतलाई प्रयोग गरे मात्रै नेपालको श्रीवृद्धि सम्भव छ,’ उनले भने, ‘विद्युत् नियमन आयोगलाई जलविद्युत् कम्पनीहरुलाई कर छुट दिने अधिकार छैन ।’
अध्यक्ष सिंहले विद्युत् नियमन आयोगले विद्युत् निर्माणमा सहुलियत प्रदान गर्ने कुरामा सहयोग गर्नसक्ने बताए । दुई वटा विद्युत् कम्पनी मिलेर ठूलो आयोजनाहरु बनाउन सक्ने सिंहको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4