+
+

विष्णुमतीमा हाम फालेका व्यक्तिको उद्धार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ९:३८

३० साउन, काठमाडौं । विष्णुमती खोलामा हाम फालेका व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

आइतबार साँझ साढे ७ बजे काठमाडौं महानगरपालिका-१६ बालाजु चोक नजिक पुलबाट खोलामा हाम फालेका अपरिचित व्यक्तिको प्रहरीले उद्धार गरेको हो ।

करिब ४०/४५ वर्षीय पुरुषले खोलामा हाम फालेपछि तत्कालै घटनास्थल पुगेर प्रहरी टोलीले उद्धार गरेको हो ।

ती व्यक्तिको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको बाहिरी शरीमा केही चोट लागेको छैन तर बोल्न नसक्ने भएको प्रहरीको भनाइ छ ।

उनको अझै पहिचान हुन सकेको छैन । के कारणले खोलामा हाम फालेका हुन् भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?