+
+

आईपीओ निष्कासन गर्दै खप्तड लघुवित्त

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते ११:१६

३० साउन, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले ८ भदौ देखि धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । लघुवित्तले हाल कायम जारी पूँजी ४ करोड रुपैयाँको ३३ प्रतिशत सार्वजनिक निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोबा बोर्डबाट प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर सार्वजनिक निष्कासन गर्ने अनुमति पाएको हो ।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात् २ हजार कित्ता कर्मचारीहरुका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात् ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरेको छ । बाँकी रहेको १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम् १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्ने कम्पनीको प्रकाशित आहृवानपत्रमा उल्लेख छ ।

आईपीओमा छिटोमा १२ भदौ १२ र उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा आवेदन दिने अवधि २२ भदौसम्म थप हुनेछ । कम्पनीको आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।

आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङ्गमा केयर रेटिङ नेपालले लघुवित्तलाई ‘केयर एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहेको जनाउँछ ।

गत आबको अपरिस्कृत वित्तीय विवरणअनुसार लघुवित्त २१ लाख ८९ हजार १४९ रुपैयाँ सञ्चित नाफामा रहेको छ । हाल २ करोड ६८ लाख चुक्ता पूँजी रहेको लघुवित्तको आईपीओ बाँडफाँटपश्चात चुक्ता पूँजी ४ करोड रुपैयाँ पुग्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?