+
+

६ दिन पछि फर्कियो सेयर बजार, २ अर्ब ४३ करोडको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १५:२०

३० साउन, काठमाडौं । लगातार ६ कारोबार दिनसम्म घटेको सेयर बजार सोमबार भने फर्किएको छ । ५५.८८ अंकले बढेको नेप्से २०६५.८९ बिन्दुमा उक्लिएर रोकियो ।

सोमबार सबै उपसमूहमा वृद्धि हुँदा सबैभन्दा धेरै वित्त कम्पनीका लगानीकर्ताले कमाएका छन् । यस दिन कुल २१५ कम्पनीको ४२ हजार ८९७ वटा कारोबारबाट ६० लाख २६ हजार १९२ कित्ता सेयर किनबेच भएको छ । सोमबार कारोबार रकम २ अर्ब ४३ करोड २९ लाख ८४ हजार ६१२ रुपैयाँ पुगेको छ ।

सोमबार श्री इन्भेष्टमेन्ट फाइनान्स, मल्टीप्रपोज फाइनान्स, राधी विद्युत् कम्पनी र रिभर फल्स पावर लिमिटेडको मूल्यमा सकारात्मक सर्किट लागेको छ । ९ वटा कम्पनीको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ ।

सोमबार रिडी पावर कम्पनीको सबैभन्दा धेरै ९.९९ प्रतिशतले मूल्य घटेको छ । गुराँस लघुवित्त, शिवम् सिमेन्टसहितका कम्पनीको मूल्य पनि धेरैले घटेको छ । सोमबार शिवम् सिमेन्टको सबैभन्दा धेरै कारोबार भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?