+
+

क्रिकेटर अमित आइटेल मोबाइलको ब्राण्ड एम्बासडर

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १६:३५

३० साउन, काठमाडौं । क्रिकेटर अमित श्रेष्ठ आइटेल मोबाइलको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् ।

सोमबार आयोजित कार्यक्रममा आइटेल मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता महालक्ष्मी मोबाइल्सले अमितलाई ब्राण्ड एम्बासडर नियुक्त गरेको हो ।

अमितलाई एक वर्षको लागि ब्राण्ड एम्बासडर नियुक्त गरिएको हो । महालक्ष्मी मोबाइल्सका बिजनेस डेपलपमेन्ट हेड राजेश पौडेल र क्रिकेटर अमितले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

‘अहिले एक वर्षको सम्झौता गरेका छौँ । आपसी समझदारीमा नवीकरण गर्दै जान मिल्छ,’ पौडेलले भने ।

सम्झौता अनुसार महालक्ष्मी मोबालइसले अमितलाई एक वर्षको लागि क्रिकेट सामग्रीहरु प्रदान गर्नेछ । अमितले खेल्दा ब्याटमा आइटेल मोबाइलको लोगो प्रयोग गर्नुपर्नेछ । पहिलो पटक प्रायोजक पाएका बारा कलैयाका अमितले खुशी व्यक्त गर्दै यसले आफूलाई धेरै सहयोग मिल्ने बताए ।

‘मैले क्रिकेट खेल्न थालेको करिब १५ वर्ष भयो । मैले पहिलो पटक यसरी प्रायोजक पाएको छु । मलाई सपोर्ट गरेकोमा महालक्ष्मी मोबाइल्सलाई धन्यवाद । यसले मेरो बगामी क्रिकेट करियरमा सहयोग पुग्ने विश्वास छ,’ २९ वर्षीय दायाँ हाते ब्याट्सम्यानले भने ।

विभागीय टोली नेपाल पुलिस क्लबबाट घरेलु क्रिकेट खेल्ने अमितले फ्रेन्चाइज क्रिकेट एभरेष्ट प्रिमियर लिग, धनगढी प्रिमियर लिग र पोखरा प्रिमियर लिग खेलिसकेका छन् ।

नेपाली यू-१९ राष्ट्रिय टिमका लागि खेलिसकेका अमितले राष्ट्रिय टिममा भने खेल्ने अवसर पाएका छैनन् । उनले सन् २०१२ मा घरेलु राष्ट्रिय क्रिकेटमा लगातार दुई खेलमा शतक प्रहार गरेका थिए । अमितले सन् २०१३ मा एसीसी यू-१९ इलाइट कप र एसीसी यू-१९ एसिया कप खेलेका थिए ।

सन् २०१७ मा स्थापना भएको महालक्ष्मी मोबाइल्सले ब्राण्ड अवारनेसका लागि अमितलाई ब्राण्ड एम्बासडर बनाएको हो । ‘क्रिकेट सबैले रुचाएको खेल हो । खेलका लागि केही गरौं भनेर नै क्रिकेट खेलाडीलाई सहयोग गरेका हौं । खेलाडीलाई प्रमोट गर्दा हामीलाई पनि गर्व हुन्छ र उहाँलाई पनि सहयोग भन्ने हिसावले सहयोग गरेका हौं’, पौडेलले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?