+
+

दुई वर्षपछि विराटनगरमा रथयात्राको तयारी

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते १९:४८

३० साउन, विराटनगर । राधाकृष्ण जन्मअष्टमीको अवसरमा विराटनगरमा राधाकृष्ण रथयात्रा निकालिने भएको छ । कोरोना महामारीका कारण दुई वर्ष रोकिएको राधाकृष्ण रथयात्रा यो वर्ष निकालिने भएको हो ।

कोरोना संक्रमण बढेका कारण यो वर्ष रथयात्रा नगर्ने राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले बताएको थियो । तर रथयात्रा गर्नुपर्ने भन्दै स्थानीयबासिन्दाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएपछि समितिले भदौ ४ गते रथयात्रा गर्ने निर्णय गरेको आयोजक समितिका सदस्य कृष्ण कार्कीले बताए ।

मोरङका  प्रमुख जिल्ला अधिकारी काशीराज दाहालका अनुसार कोरोना महामारी बढेका कारण यअघि रथयात्रा ननिकाल्ने सहमति भएको थियो ।  केही दिनयता रथयात्रा हुनुपर्ने भन्दै आवाज उठेपछि सतर्कतासहित यात्रा गर्ने तयारी भएको उनले बताए ।

विराटनगर तीनपैनै चोकमा रहेको राधाकृष्ण मन्दिर परिसरबाट १९८८ सालमा ‘खट’ यात्रा सुरु गरिएको थियो । २०२५ सालदेखि रथयात्रा विराटनगरमा निकालिँदै आएको छ । खट यात्रासहित ९१ औं र ५४ औं रथयात्रा भदौ ४ गते दिउँसो गरिनेछ । रथले विराटनगरका मुख्य  बजार परिक्रमा गर्नेछ । कोरोनाका कारण रथयात्राको ५२ र ५३ औं संस्करणमा भने खट यात्रा मात्रै गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?