+
+

फोहोर रोक्न मेस चलाएर आन्दोलन

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३० गते २१:००

३० साउन, काठमाडौं । सोमबार बिहान पनि बञ्चरेडाँडाबासी सडकमा आए । राजनीतिक दलका प्रतिनिधिसहित भेला भएका स्थानीयले काठमाडौंबाट फोहोर बोकेर बञ्चरे डाँडा ल्याण्डफिल साइट जान लागेका गाडीहरुलाई बीच बाटोमै रोकिदियो ।

आन्दोलनरत स्थानीयले संयुक्त रुपमा खाना बनाए, मेस चलाए र फोहोर बोकेका गाडीलाई रोके ।

लगातारको अवरोधपछि प्रहरीको थप टोली पुग्यो । नुवाकोट र धादिङका साथै काठमाडौंबाट गएको प्रहरी टोलीले चारैतिरबाट घेरेपछि स्थानीयले सडक छाडे ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरिक्षक (एसपी) रमेश पण्डितका अनुसार फोहोर फाल्न २५० प्रहरी खटाइएको थियो भने ब्याकअपमा थप फोर्स थियो । धादिङको धुनीवेशी गाउँपालिकातर्फ स्थानीयले ४० वटा ट्रक सडकमै रोकेका थिए । प्रहरीले बल प्रयोग गरेपछि स्थानीयबासिन्दा पछाडि हटे ।

त्यही मौकामा ५० टिपरले फोहोर बञ्चरेडाँडामा खसाल्यो । तर फेरि स्थानीयले अवरोध गरे । उनीहरुले डाँडामा बसेर गुलेली समेत हानेका थिए ।

काठमाडौं महानगरपालिकाका अनुसार सोमबार दिनभरमा बञ्चरेडाँडामा २०० टिपर फोहोर खसालिएको छ । मेयर बालेन शाहका अनुसार महानगरले नेपाल टिपर व्यवसायी संघसँग २५० टिपरलाई डिजेल र चालक भत्ता दिने गरी भाडामा लिएर एकैदिन धेरै फोहोर उठाउन खोजेको थियो ।

विगतमा सिसडोलमा भएको लापरबाहीका कारण स्थानीयले जोसुकैलाई विश्वास गर्न नसक्नु स्वाभाविक भएपनि आफूहरुले सोही ‘अपराध’ उनले बताएका छन् । तर सत्तारुढ दलकै स्थानीय नेताको अगुवाइमा भएको अवरोधका कारण फोहोर व्यवस्थापन गर्न समस्या भएको मेयर बालेनले बताएका छन् ।

धादिङको धुनिवेशी नगरपालिका–१ का कांग्रेस सभापति पूर्णबहादुर तामाङ, माओवादी केद्रका अध्यक्ष विष्णु तामाङ र एकीकृत समाजवादीका अध्यक्ष भीषण धितालले आइतबार संयुक्त व्यक्तव्य जारी गर्दै बञ्चरे डाँडामा फोहोर फाल्ननदिन घोषणा गरेका थिए ।

उनीहरुविरुद्ध उजुरी परेको र पक्राउ गर्न खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय, नुवाकोटमा उजुरी परेको छ । तर आरोपित तीन नेताले भने सोमबार विज्ञप्ति निकालेर झुटो आरोप लगाएर आन्दोलनलाई निरुत्साहित गर्न खोजेको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?