+
+

निर्वाचन भयरहित र निष्पक्ष हुन्छ : आईजीपी सिंह

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते ११:३२

३१ साउन, जनकपुरधाम । नेपाल प्रहरीका प्रमुख, प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचन भयरहित र निष्पक्ष हुने बताएका छन् ।

जनकपुरधाममा मंगलबार आयोजना गरिएको प्रदेशस्तरीय अपराध अनुसन्धान समिक्षा गोष्ठीलाई सम्बोधन गर्दै सिंहले भने, ‘भयरहित र निष्पक्ष निर्वाचनको वातावरण बनाउनु नै प्रहरीको एक मात्र उदेश्य हो ।’

अपराध अनुसन्धानको सवालमा अनुसन्धान गर्ने, अभियोजन गर्ने र न्याय निरुपण गर्नेबिच कहिलेकाही एक अर्कालाई आक्षेप लगाउने काम हुने गरेको भन्दै तिनै निकायबिचको समन्वय राम्रो हुनुपर्ने बताए ।

उनले अपराध अनुसन्धानलाई सहज बनाउन नै यो गोष्ठीको आयोजना गरिएको उनले बताए  ।

पछिल्लो समयमा धेरै अपराध प्रविधिसँग जोडेर हुन थालेको भन्दै उनले प्रदेशस्तरमै साइबरसम्बन्धी उजुरी दर्ता गर्ने व्यवस्था मिलाउन प्रदेशका गृह तथा संचार मन्त्रीसँग आग्रह गरे ।

अपराध अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले पहिला अपरिचित व्यक्तिबाट अपराध हुने भए पनि अहिले चिनजानकै व्यक्तिबाट हुन थालेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?