+
+

नेपाली सुपरमोडल र एलन मस्ककी आमाबीच के भयो कुराकानी ?

अनलाइनखबर अनलाइनखबर
२०७९ साउन ३१ गते १२:२४

काठमाडौं । नेपाली सुपरमोडल अञ्जली लामा पछिल्लो समय अन्तर्राष्ट्रिय हेडलाइन बनिरहेकी छन् । ज्याकलिन फर्नान्डिजसँग फिल्म खेलेकोदेखि फेसन म्यागजिन भगको कभर स्टोरी बनेकोसम्म उनी चर्चित रहिन् ।

उनको चर्चाको आयाम यत्तिकैमा सीमित छैन । पछिल्लो साता उनी नयाँ खबरले हेडलाइन बनेकी छन् । विश्वकै धनी एलन मस्ककी सुपरमोडल आमा माए मस्कसँगको उनको भेटघाटलाई लिएर पुनः उनले चर्चा बटुलेकी हुन् ।

विश्व फेसन मिडियाले अञ्जली र माए मस्कको खबरलाई स्थान दिएका छन् । यी दुवै सुपरमोडलले हालैको न्युयोर्क फेसन विकमा र्‍याम्प पनि नापेका थिए ।

माएसँगको भेटलाई लिएर अञ्जलीले खुसी बाँडेकी छन् । यी दुईको भेट केही पहिले भएको देखिन्छ ।

‘जब मैले शक्तिशाली व्यक्तित्वसँग भेटको मौका पाएँ,’ अञ्जलीले लेखेकी छन् । अञ्जलीले आफूलाई पारालैंगिक मोडलको रुपमा चिनाउँदै आएकी छन् । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि उनलाई ट्रान्सजेन्डर मोडलको रुपमा चिनाउँदै आएका छन् ।

नुवाकोट घर भएकी अञ्जलीले लिंग परिवर्तन गर्दै आफूलाई ट्रान्सजेन्डर मोडलको रुपमा स्थापित गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?